तपाईँ सुन्दै हुनुहुन्छः

कार्यालयमा देखिएन सामाजिक दूरी

तनहुँ। कोरोना भाइरसको सङ्क्रमण समाज अझै पनि रहँदै आएको अवस्थामा यहाँका सेवाप्रदायक सरकारी कार्यालयमा सामाजिक दूरी कायम गरेका छैनन् । सामाजिक दूरी कायम नहुँदा सेवा लिन आउने सेवाग्राही ठेलमठेल गरी लाइनमा बसेर सेवा लिन बाध्य भएका छन् ।

अन्य कार्यालयमा स्वास्थ्य मापदण्ड पूरा भए नभएको निगरानी र कार्यान्वयनमा ल्याउने जिल्ला प्रशासन कार्यालयमै यो समस्या रहेको छ । स्वास्थ्य मापदण्ड लागू गराउने जिल्ला प्रशासन कार्यालय तनहुँमा नै स्वास्थ्य मापदण्ड पालना गराउन सकिरहेको छैन ।

विशेषगरी जिल्ला प्रशासन, मालपोत, नापी, करदाता सेवा कार्यालय, तनहुँ जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, दमौली अस्पतालमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । सेवाग्राहीको भीड बढेकाले स्वास्थ्य मापदण्ड लागू गर्न सक्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

कार्यालयमा दैनिक १०० देखि १३५ जना नागरिकता लिन र ३० देखि ३५ जना राहदानी लिन आउने गरेका छन् । सेवाग्राहीको साथमा आएका परिवारजन, आफन्तको कारणले पनि भीड बढेको बरालले भन्नुभयो, “नागरिकता लिनुपर्दा बाबु÷आमा वा नजीकको नातेदार पनि साथमा ल्याउनुपर्ने हुँदा भीड बढ्नु स्वभाविक हो ।”रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button