बिपी प्रतिष्ठान धरानमा एक कोरोना सङ्क्रमितको मृत्यु
सुनसरी । सुनसरीको बिपी प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मङ्गलवार बिहान एक जनाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार उदयपुरको त्रियुगा ११ बस्ने १८ वर्षीय एक जना पुरुषको उपचारको क्रममा आज बिहान साढे ७ बजे मृत्यु भएको हो ।
पुस ११ गते कोरोना पुष्टि भएका उनलाई सोही दिन नै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्