तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा भारतद्धारा घर वनाउन रोक

कञ्चनपुर।कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवमा भारतले तिन मुक्त हलिया परिवारलाई घर बनाउन अवरोध गरेको छ । सीमा क्षेत्र नजिकै दशकौं देखि बसोबास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निमार्णमा अबरोध गरेपछि घर निमार्णको काम अधुरै रहेको छ । पुनः स्थापन कार्यक्रम अन्र्तगत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएको मुक्त हलिया परिवारलाई दुई वर्षअघि घर बनाउन सुरु गएको भए पनि अहिलेसम्म घर निर्माण गर्न पाएका छैनन् ।

घर निर्माण सुरु गरेकै वर्ष भारतीय सीमा सुरक्षा बलले अबरोध गरेपछि रातको समयमा प्लास्टिक छानो मात्रै राखेको मुक्त हलिया परिवारकी लक्ष्मी सार्कीले बताइन् । सार्कीले घरको जग्गा निर्माण भएर पर्खाल लगाएपछि छानो हाल्ने काममा भारतीयले अवरोध गरेको बताइन् ।
ब्रह्मदेव बजार नजिकै पर्ने मुक्त हलिया परिवारका तीनवटा घर छन् । तीनवटै घरमा भारतीय सुरक्षाकर्मीले आएर सधैँ जसो दुःख दिने गरेका उनीहरुको दुखेसो छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार स्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको टनकपुर बाँधको साङ्केतिक चिन्ह्लाई भारत सीमा स्तम्भ भन्दै आएको छ । सन् १९९१ म टनकपुर बाँध निर्माणगर्ने बेलामा भारतीय पक्षले बाँधका लागि आवश्यक क्षेत्र भनेर निर्माण गरेको चिन्ह्लाई भारतले सीमा स्तम्भ बताउँदै नेपाली भूभाग मिचेकोे भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथले बताउनु भएको छ ।

साङ्केतिक चिन्ह्लाई भारतले आफ्नो सीमा क्षेत्र बताउँदै साङ्केतिक चिन्ह् भएको क्षेत्रका तिन ओटा घर निमार्णमा पनि रोक लगाएको अध्यक्ष नाथले वताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button