तपाईँ सुन्दै हुनुहुन्छः

सेवक नेपालद्धारा टीकापुर अस्पताललाई ९६ लाख ४३ हजार बढीको स्वास्थ्य सामाग्री प्रदान

टीकापुर कैलाली। सेवक नेपाल टीकापुर शाखाले टीकापुर अस्पताललाई ९६ लाख, ४३ हजार बढीको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोइकाको आर्थिक सहयोगमा आरसिआई र सेवक नेपालको संयूक्त साझेदारीतामा सञ्चालित सामुदायिक स्वास्थ्य शिक्षा सुदृढीकरणका लागि पहल परियोजना अन्र्तगत आज उक्त सामाग्री प्रदान गरिएको हो ।

सेवक नेपालका टीकापुर शाखाका परियोजना व्यवस्थापक भिमबहादुर साउदका अनुसार २४ लाख, ८१ हजार, ७ सय ७५ रुपैया बराबरको कोरोना सुरक्षा सामाग्री, ६६ लाख, २६ हजार, ८ सय ७५ रुपैया बराबरको मेडीकल सामाग्री र ५ लाख, ३४ हजार, ७ सय ४ रुपैया बराबरको अन्य सामाग्री गरि जम्मा ९६ लाख, ४३ हजार, ३ सय ३२ रुपैया बराबरको सामाग्री सेवक नेपालले टीकापुर अस्पताललाई प्रदान गरेको छ ।
उहाका अनुसार सियाम मेसीन, ओवि एण्ड जेवाई अल्ट्रासाउण्ड मेसीन, फुल अटोक्लिभ मेसीन, पिपिई सेट, इक्जामेनिशन ग्लोब्स, सर्जीकल मास्क, वेटाडिन, लगाएतका सामाग्री अस्पताललाई प्रदान गरिएको छ ।

स्वास्थ्य सामाग्री बुझ्दै टीकापुर अस्पतालका अध्यक्ष दिपकबहादुर रावलले कोइकाको सहयोगमा सेवक नेपालले टीकापुर अस्पतालका लागि पटक पटक सहयोग गर्दै आइरहेको र यो पटक पनि ९६ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य जारी राख्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button