तपाईँ सुन्दै हुनुहुन्छः

सहुलियतपुर्ण कर्जाका लागि बैङ्क र गाउँपालिका बिच सम्झौता

सोलुखुम्बु। सहुलियतमा कर्जा सहजीकरण कार्यक्रम सञ्चालनका लागि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैङ्क बिच जिल्लामै पहिलो पटक सम्झौता भएको छ ।

उद्यमशील र स्वरोजगारका लागि व्यवसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैङ्क बिच सहुलियतपुर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ संसोधन अनुसार गाउँपालिका अध्यक्ष असिम राई र बैङ्कको तर्फबाट रिटेल फिनानसियल सर्भिस प्रमुख दिपेश आमात्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहुलियतपुर्ण कर्जा लिनका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशिलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने, उद्यमशिलता र स्वरोजगारको लागि नेपालमै सम्भावना भएकाले सकारात्मक सोचको प्रवद्र्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने, लक्षित कार्यक्रमहरुको कार्यान्वयनमा साझा उदेश्य प्राप्तीका लागि सरकारी निकाय तथा वित्तिय संस्थाहरु बीचको समन्वय र सहकार्यको वातावरण तयार गर्ने उदेश्यले सम्झौता भएको छ ।

बैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पुँजी समेत सङ्कलन गरी स्वदेश फर्किएका युवालाई पुःन विदेशिनु पर्ने बाध्यताबाट रोकी उद्यमशिलतासँग जोेडेर विदेशबाट आर्जित सीप अनुभव र पुँजी स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु¥याउने र वित्तिय पहुँच एवम् वित्तिय समावेशीतामा अभिबृद्धि गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

इच्छुक समूह, उद्यमी, फर्म तथा सहकारीलाई उद्यमशिलता सम्बन्धि आवश्यक सीप प्रदान गर्ने र उनीहरुलाई कर्जाका लागि सिफारिस गर्नुपर्ने छ । बैङ्कले लगानी गरेको समूहको उत्पादन वृद्धिका लागि गाउँपालिकाले आवश्यक पुर्वधार निर्माणमा सहयोग गर्नुपर्ने, पालिकाको सिफारिसमा बिना धितो लगानी गरिएका कर्जाको असुलीमा समस्या भएमा पालिकाले सहयोग गर्ने र कर्जा जोखिम न्यूनीकरणका लागि पालिकाले विपद् कोष स्थापना गर्ने सहित नौ वटा भूमिका गाउँपालिकाको रहेको छ ।

बैङ्कको तर्फबाट पालिकाले सिफारिस गरेका फर्म उद्यमी, समूह तथा सहकारीलाई पहिलो प्राथमिकताका साथ आफ्नो शाखा मार्फत सहुलियतपुर्ण कर्जा प्रवाह गर्ने, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संसोधन समेत)को आधारमा कर्जाको सीमा निर्धारण गर्ने लगायतको भूमिका रहेको छ ।

यसरी सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बैङ्कसँग सम्झौता गर्ने थुलुङ दूधकोशी गाउँपालिका प्रदेश १ मा पहिलो रहेको गाउँपालिका अध्यक्ष असिम राईले दाबी गर्नुभयो । सहुलियतपूर्ण कर्जा सम्बन्धि गाउँपालिका र बैङ्कबिच सम्झौता भएपछि बैङ्कको पहुँच भन्दा बाहिर रहेका र विभिन्न वित्तिय संस्था मार्फत महङ्गो ब्याज तिर्न बाध्य भएका पालिकाबासी हर्षित भएको बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button