तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषध सहित दुई जना पक्राउ

 झापा । झापाको दमकबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गएराती राती १० बजे तिर दमक–३ स्थित बेलडाँगीबाट दमक–८ का २१ बर्षिय बिक्रम लम्जेल र मोरङ रतुवामाई नगरपालिका–८ का २२ बर्षीय रोशन कुमार मंग्रातीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित नगद रु २ हजार ४०० बरामद गरिएको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button