तपाईँ सुन्दै हुनुहुन्छः

७७ जिल्लाकै खानेपानीको अध्ययन गरिनेः मन्त्री थापा

खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापा

सुर्खेत । नेपाल सरकार खानेपानीमन्त्री मणिचन्द्र थापाले तत्कालै देशभरका खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गरेर योजनाबद्ध निर्माण प्रक्रिया शुरु गरिने बताउनुभएको छ ।

नेपाल प्रेस संगठन सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गरेर नीतिगतरुपमै ठोस योजना सहित दिर्घकालिन समाधान खोजिने जनाउनुभयो । उहाँले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस भईरहेको बताउनुभयो ।

मन्त्री थापाले देशमा निर्वाचन हुने पक्का भईसकेकाले पार्टी भित्र देखा परेको समस्यालाई एकीकृतरुपमा समाधान गर्ने प्रयास अहिले पनि जारी रहेको जनाउनुभयो । उहाँले पार्टी भित्र देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्र्तक्रियाबाट कमिकमजोरी दुर गर्दे पार्टीलाई एकताबद्ध बनाएर चुनाव जाने जिकिर गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button