तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँके, दाङ र कञ्चनपुरका एक एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ का ६८ बर्षीय पुरुषको गएराति भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ का १३ बर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर ५ का ६० बर्षीय पुरुषको आज विहान मृत्यु भएको ओलीले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोनाबाट १ सय २७ जनाको मृत्यु भएको छ । ती मध्ये ४८ जना बाँके र ७९ जना जिल्ला बाहिरका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button