जेष्ठ नागरिकलाई जाडोमा न्यानो कम्बल

कञ्चनपुर । दोधाराचांदनी नगरपालिकाले २५ जना असहाय बिपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) बितरण गरेको छ ।
दोधाराचांदनी नगरपालिकाका वडा नं. १ देखि १० सम्मका आर्थीक अवस्था कमजोर, असक्त तथा बिपन्न परिवारका जेष्ठ नागरिकलाई चिसो छल्न न्यानो लुगा (कम्बल) प्रदान गर्ने उद्धेश्यका साथ नगरपालिकामा बृद्ध बृद्धाहरुलाई कम्बल बितरण गरिएको दोधाराचांदनी नगरपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्