बरहथवामा आगलागी हुदाँ १४ लाख बराबरको क्षति

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा गए राति अचानक आगलागी हुदाँ अन्दाजी १४ लाख बराबरको क्षति भएको छ । बरहथवा नगरपालिका वडा नं. ५ माछा बजार स्थित सुरेश रायको दुई तल्ले ईट्टा र माटोको गाह्रोले बनेको भित्ता , बाँस र खपराको छाना भएको घरमा आगलागी हुदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
आगलागी बाट बरहथवा नगरपालिका वडा नं.१० सितापुर बस्ने गुड्डु साहको भूँई तलामा रहेको किरानाको गोदाममा रहेको समानहरु जली पूर्ण रुपमा नष्ट भई अन्दाजी रु ७ लाख, बरहथवा वडा नं. ५ मै पसल गरीरहेका बसवरीया गा.पा. वडा नं.६ सोहर्वा बस्ने अमरनाथ रायको माथिल्लो तलामा रहेको कस्मेटिक र डोरीको गोदाममा रहेको समानहरु जली पूर्ण रुपमा क्षति भएको छ ।
आगलागी बाट १४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिनुभयो । आगलागी ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाटको कमाण्डमा २५ जनाको टोली, स्थानीयहरु तथा हरिवन न.पा.को दमकल सहयोगमा राति नै पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुवँरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्