तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा भारतीय एसएसबीले गोली चलायो, एक जना घाइते

कञ्चनपुर ।  कञ्चनपुरको दोधाराचांदनी नगरपालिका नेपाल भारत सीमा क्षेत्रको बैलवन्ध सामुदायीक वन नजिक एसएसबीले चलाएको गोली लागी एक जना नेपाली घाईते भएका छन ।

हिजो सांझ गोलीको छर्रा लागेर दोधाराचांदनी नगरपालिका १ का नरेन्द्र लुहारको खुट्टमा चोट लागी घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।

भारतीय सीमावर्ती वजारवाट दैनीक उपभोगय वस्तु ल्याउर फर्कने क्रममा आफु माथी एसएसबीले गोली चलाएको घाईते लुहारले वताएका छन । उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भै रहेको र अवस्था समान्य रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भएको छ ।

उहांले घटनाको आधिकारिक रुपमा पुष्टि गर्न थप अनुसन्धान भै रहेको वताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button