अस्थिरता निम्त्याउन खोजिएपछि ताजा जनादेशमा जाने कदमः मन्त्री भट्ट
धनगढी । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दी गरेर मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन खोजिएपछि प्रधानमन्त्रीले ताजा जनादेशमा जाने कदम चाल्नुभएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले संवैधानिक ब्यवस्थामाथि टेकेर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको स्पष्ट गर्नुभयो ।
मन्त्री भट्टले तोकिएकै समयमा निर्वाचन हुने उल्लेख गर्दै सरकार निर्वाचनको तयारीमा जुटिरहेको बताउनुभयो ।
मन्त्री भट्टले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री कुर्ची र नेता माधव नेपाललाई पार्टी अध्यक्ष हुने मोहले गर्दा अहिलेको परिस्थिति निम्तिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले आफ्नो उपस्थितिविना प्रदेश कमिटीले गरेको भनिएका सबै निर्णय खारेजी गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्