घर्तीमगर र लामा शल्यक्रियाका लागि मंगलबार कतार जाँदै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगर र विक्रम लामा शिल्यक्रियाका लागि मंगलबार कतार जाँदैछन ।
फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटको बन्द प्रशिक्षणमा रहँदा विमलको घुँडामा चोट लागेको थियो । जसका कारण उनी एक वर्ष मैदान बाहिर हुने पक्का छ । विमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडीएल कोल्याटरल लिगामेन्ट (एमसीएल)मा पनि हल्का चोट देखिएको छ । यस्तै ल्याटरल मेनिस्कसमा पनि केही चोट रहेको देखिएको थियो ।
यस्तै, विक्रमको भने दुई वर्ष अगाडि गरेको शल्यक्रिया गरिएको खुट्टाको थप उपचार गर्नु परेको हो । शुरुको शल्यक्रियापछि विक्रमले झण्डै डेढ वर्ष फुटबल खेलेका थिए । तर, अब उपचारपछि छिट्टै मैदान फर्किने योजनामा छन् ।
उनीहरूको कतारको अस्पेटर अस्पतालमा उनीहरुको शल्यक्रिया हुनेछ । दुबैको उपचारका लागि एन्फाले कतार फुटबल एसोसियसनसँग समन्वय गरेको छ । जसमा दुबै खेलाडीको उपचारको खर्च कतार फुटबल संघले व्येहोर्ने छ ।
यसअघि एन्फाले रविन श्रेष्ठ र नविन महर्जनको पनि कतारमै उपचार भएको थियो । मंगलबार उपचारका लागि कतार जान लागेका विमल र विक्रमको कोरोना परीक्षण आज हुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्