तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा एक बालिका बलात्कृत 

लहान ।  सिरहाको गोलबजारमा एक जना बालिका बलात्कृत भएकी छिन् । गोलबजार नगरपालिका–१३ दुर्गापुर बस्ने १५ बर्षीया  एक बालिकालाई गाउँकै २४ वर्षीय प्रकाश शर्माले बलात्कार गरेको पीडित परिवारको आरोप छ ।
घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजनिक भएको हो  । गत पुस १४ गते राति किशोरी घरमा एक्लै बसिरहेको बेला शर्माले जबरजस्ती करणी गरेको परिवारजनले बताएका छन् ।
पीडितका आफन्तले जबरजस्ती करणी सम्बन्धी इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता गराएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताए । बालिका एक्लै  घरमा रहेको मौका छोपी शर्माले जबरजस्ती करणी गरेको बताइएको छ ।
स्थानीय अनुसार शर्माले फुसको  घर भत्काएर भित्र पसेर  किशोरीलाई जबरजस्ती करणी गरेको हो । उनीहरू दुई तीन जनाको समूहमा आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गोलबजार प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button