तपाईँ सुन्दै हुनुहुन्छः

बोयर जातको बोका कृषकलाई निःशुल्क प्रदान

जनकपुरधाम । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर ईकाई जनकपुरधामले बाख्राको नश्ल सुधारक लागि वोयर जातको बोका दुई वटा कृषक समूहलाई निःशुल्क रुपमा प्रदान गरेको छ ।

धनुषाको दुई गाउँपालिका तथा महोत्तरीका दुई वटा गाउँपालिकामा कार्यक्रम लागु भएकोमा पहिलो चरण अन्तर्गत धनुषाको मुखियापट्टी गाउँपालिकामा रहेको तराई बाख्रापालन कृषक समूहलाई एक वटा बोयर जातको बोका प्रदान गरेको आयोजनाका क्लष्टर इकाइ प्रमुख सुकेश्वर झाले जानकारी दिनुभयो ।

यसैगरी महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नंं ५ का ब्रह्मटोलका महिला बाख्रा पालक कृषक समूहलाई दुई वटा वोयर जातको बाख्रा निःशुल्क प्रदान गरेको छ ।

खाग गरेर बाख्राको नश्ल सुधार गरेर मासु उत्पादनमा बृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा दुई पालिकामा चार वटा बोयर जातको बोका वितरण गर्ने कार्यक्रम रहेकोमा एक वटापछि वितरण गर्ने कार्यालयले जनाएको छ ।

विश्व बैंकको सहयोग तथा नेपाल सरकार सरकारद्वारा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले धनुषाको धनौजी, मुखीयापट्टी तथा महोत्तरीको पिपरा तथा एकडारा बेला गाउँपालिकामा विभिन्न प्रकारका खाद्य तथा पोषणसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

मानव बिकास सूचकाङ्कको दृष्टिकोणले ती पालिकाहरुको पोषणको अवस्था कमजोर भएकाले उक्त कार्यक्रम लागु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button