मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड

बझाङ । बझाङमा मातृ तथा शिशु मृत्युदरलाई घटाउन सरोकारवालाहरुले जोड दिएका छन् ।
सोमबार जिल्ला स्वस्थ्य कार्यालयले आयोजना गरेको मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रमको अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिएका हुन् ।
बझाङमा यसअघि स्वास्थ्य कार्यलय अन्तरगत बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भए पनि शिशु तथा आमाको मृत्यु हुनेका सङ्ख्यामा बृद्धि भइरहेकोले अब यो कार्यक्रम अन्तरगत के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरिने भएको छ ।
हाल जिल्लामा सुत्केरी हुँदा गाह्रो भएका महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सुत्केरी महिलाहरुको उद्धार भएर यस्ता महिलाहरुको मृत्यु शुन्यमा झरेको तर नवजात शिशुको मृत्यु भने अझै रोकिएको छैन ।
जिल्लाका सबै स्वास्थ्य संस्था अन्तरगत अब एमपिडीएसआर (मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य) कार्यक्रम समुदायमा लागु हुने भएपछि यस्तो खालको मृत्युदरलाई घटाउनका लागि स्वास्थ्य संघ संस्थाबाट हुने प्राविधीक सेवा सेुविधालाई बढाउनु पर्ने र मृत्युको कारण खोजी यस्तो समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्ने देखिएको छ ।
जिल्लामा यसअघि पनि स्वास्थ्य संघ संस्थामार्फत बाल तथा मातृ स्वास्थ्य कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुत्केरी प्रोत्साहन भत्ता, खोप कार्यक्रम, जस्ता बाल तथा मातृ मृत्युदर घटाउने कार्यक्रमहरु पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट सञ्चालन हुँदै आएका थए ।
बाल तथा मातृ मृत्युदर घटाउने खालका कार्यक्रमहरु यसअघि सिमित स्वास्थ्य संस्थामार्फत सञ्चालनमा भएको थियो , जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख भानुभत्त जोशिले भन्नुभयो, अब उक्त कार्यक्रम ब्यापक रुपमा समुदाय स्तरमा नै जाने भएकाले यस्तो खालको मृत्युदर घट्ने तथा शुन्यमा झार्ने अपेक्षा गएिको छ ।
यो कार्यक्रमबाट अब स्थानीय तह साथै जिल्ला तहमा पनि जनप्रतिनीधिसहितको समिती समेत गठन गरिने भएको छ ।
कार्यक्रममा सहभागी सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले कतिपय परिवार समाजका कारणले पनि मातृ तथा शिशु मृत्यु हुने गरेकाले अब यस्तो खालको मृत्युलाई रोक्न घरपरिवार समाज तथा स्वास्थ्यकर्मीहरुले निगरानी बढाउनु पर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यलयका प्रमुख भानुभक्त जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ बटै तहका स्वास्थ्य शाखा प्रमुख, पालिकाका प्रमुखसहित क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रतिनिधी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्