विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जना कार्यकर्ता पक्राउ गरेको छ ।
प्रहरीले कालिकोटको नरहरिनाथ गाउँपालिका–९, मा आइतबार साँझ विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९, कालिकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादुर पुन रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनीयम लगायतका विस्फोटक पदार्थ समेत नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त विस्फोटक पदार्थ दुर्गबहादुर बोहोराको घरमा लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्