तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक अभियान नेपालद्वारा साहित्यकार कटुवाल सम्मानित

No description available.
मोरङ । सामाजिक अभियान नेपालले साहित्यकार जीतबहादुर कटुवाललाई सम्मान गरेको छ ।
सामाजिक अभियान नेपालले वाली र सीताञ्जली कृतिका रचयिता कटुवाललाई मोरङ रतुवामाई–५ नगरपालिकास्थित नवदुर्गा नमुना बस्तीमा रहेको नवदुर्गा मन्दिरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
मोफसलमा बसेर साहित्यको साधना गर्ने साहित्यकार कटुवालाई रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नु भएको हो ।
कार्यक्रममा समालोचक केशव भट्टराई, लक्ष्मी चौलगाईँ, रोहित अधिकारी र महानन्द भट्टराईले साहित्यकार कटुवालका कृति वाली र सीताञ्जलीमाथि चर्चा गर्नु भएको थियो ।
सामाजिक अभियानका अध्यक्ष चन्द्र घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्ना रचना सुनाउनु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button