कैलालीमा गैँडाको खागसहित एक जना पक्राउ

कैलाली । कैलालीमा गैँडाको खागसहित प्रहरीले एक जनालाई पक्राउ परेका छन् ।
सङ्घीय प्रहरी कार्यालय धनगढीको टोलीले १७१ ग्राम ६९० मिलिग्रामको खागसहित जिल्लाको बर्गगोरीया गाउँपालिका–४ का स्थानीय ५८ वर्षीय नैन बहादुर कठरियालाइृ पक्राउ गरेको हो ।
स्थानीय छतिवन सामुदायिक बन नजिकै पूर्व पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा खागसहित कठरियालाई पक्राउ गरेको सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्