कम्बोडिया सरकारद्वारा नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ । कोभिड १९ महामारी नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले कम्बोडिया सरकारले नेपाल सरकारलाइ २० लाख मास्क ,२० थान भेन्टिलेटर सहित औषधि तथा अन्य औषधिजन्य स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्री उच बोरिथले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाइ सो साम्रगी हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा मन्त्री त्रिपाठीले कम्बोडिया सरकारले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुहुँदै ति स्वास्थ्य साम्रगीले कोरोनासँग लडिरहेका गम्भिर प्रकृतिका बिरामीहरुलाइ सहयोग पुर्याउने बताउनुभयो । त्यसबखत मन्त्री त्रिपाठिले सरकारले चाँडै नै कोरोना विरुद्धको खोप नेपाल ल्याउने र यसका लागि पहल भइरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा राज्यमन्त्री बोरिथले कोरोना महामारी नियन्त्रणका लागि गरिएका यस्ता प्रकारका सहयोग आदानप्रदानले दुइ देशबिचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य साम्रगी हस्तान्त्तरण गर्नका लागि कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्री बोरिथ सहित १५ जनाको प्रतिनिधिमन्डल नेपाल आएको थियो । राज्यमन्त्री सहितको प्रतिनिधिमन्डल आजै स्वदेश फर्किएको छ ।








प्रतिक्रिया राख्नुहोस्