तपाईँ सुन्दै हुनुहुन्छः

हिजो देखि बिद्युतसेवा अवरुद्ध

बैतडी। बैतडीमा आइतबार दिउँसोदेखि विद्युत सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाभरी सबै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

विद्युत प्रशारण लाइनमा समस्या आएका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाईजर माधव लेखकले जानकारी दिनुभयो ।

अवरुद्ध विद्युत सेवा सुचारु गर्न प्राविधिक टोली खटिएको उहाँले जानकारी दिनुभयो । आइतबार साँझदेखि विद्युत सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button