तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ८ सयले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ८ सय रुपैयाँमा रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button