नेकपा विभाजन भइसकेको छैनः प्रवक्ता ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजन भइनसकेको बताउनुभएको छ ।
आज काठमाडौँमा राष्ट्रिय जनसांस्कृतिक महासंघको विस्तारित बैठकमा मन्त्री ज्ञवालीले केही साथीहरु बरालिनुभएको भन्नुहुदैं गल्ती भूललाई छाडेर मूलधारको पार्टी बैठकमा आउन आग्रह गर्नुभयो ।
नेकपाका स्थायी समिति सदस्य एवं खानेपानी तथा सरसफाइमन्त्री मणी थापाले पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्य समाप्त भइसकेको दाबी गर्नुभयो ।
बैठकमा महासंघका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले सम्पूर्ण साहित्य, कला र संस्कृतिर्मीको साथ ओलीको नेतृत्वमा रहेको मूल पार्टीलाई नै रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्