तपाईँ सुन्दै हुनुहुन्छः

२०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकद्वारा नेपालको भ्रमण

काठमाडौं । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० र स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशतले पर्यटकको आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

कोभिडका कारण करीब ६ महिना नियमित अन्तरराष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button