तपाईँ सुन्दै हुनुहुन्छः

अल्का अस्पतालद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख प्रदान

चितवन । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

रंगशाला निमार्णाधीन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button