उच्च अदालत जनकपुरको अस्थायी इजलासमा तीनवटा भवन बन्दै
वीरगञ्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा तीनवटा नयाँ इजलास भवन निर्माण हुने भएका छन् ।
प्रदेश २ सरकारले वीरगञ्ज चिनी कारखानाको जग्गामा रहेको इजलासको लागि थप तीनवटा नयाँ भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि प्रदेश २ का भौतिक पूर्वाधार विकास एवम् यातायातमन्त्री जितेन्द्र सोनलले जग्गा उपलब्धिको लागि स्थलगत निरक्षण गर्नुभएको छ ।
भवन तथा पूर्वाधार आभावमा कार्यालयका विभिन्न कामदेखि न्याय सम्पादन समेतमा समस्या हुँदै आएको थियो । उच्च अदालत वीरगञ्जका न्यायाधीश शेखर पौडेलले मन्त्रालय पुगेर मन्त्री सोनल समक्ष समस्या राखेपछि मन्त्री सोनलले भवन निर्माण गर्न बजेट छुट्टयाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
विज्ञ टोलीसँग आज जग्गा निरिक्षण गर्न पुगेका मन्त्री सोनलले भवन निर्माणका लागि मन्त्रलयबाट पर्याप्त बजेट छुट्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
न्यायमा जनताको सहज पहुँचको लागि प्रदेश सरकार गम्भीर रहेको बताउदै मन्त्री सोनलले यथाशिघ्र ईजलाश भवन निर्माण हुने दाबी गर्नुभयो ।
निरीक्षणका क्रममा प्रदेश सांसद पारस साह, जनत अन्सारी, करिमा बेगम, नेपाल बार एशोसिएशनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, अधिवक्ता सुधीर कर्ण, परमहंश केसरी, उमेश जयशवाल, अरुण दुबे, चन्द्रिका यादव, जनता समाजवादी पार्टीका नेता राजेशमान सिंह लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्