तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं महानगरको डेढ करोड लगानीमा चन्दननाथमा पार्क बन्ने

जुम्ला । जुम्लाको चन्दनाथ नगरपालिका ३ धिमि चौरमा पर्यटकीय पार्क निर्माण हुन भएको छ । काठमाडौं महानगरपालिकाको १ करोड ५० लाख सहयोगमा जुम्लामा पर्यटकीय पार्क निर्माण हुन लागेको हो ।

काठमाडौं महानगर र चन्दननाथबीच मितेरी सम्बन्ध घोषणा भएको पहिलो परियोजना साझेदार अन्तरगत पार्क निर्माणका लागि सम्झौता भएको मेयर कान्तिका सेजुवालले बताउनुभयो । गएको पुस ७ गते भगिनी सम्बन्ध स्थापनाका लागि हस्ताक्षर समारोहबीच पार्क निर्माणका लागि दुबै नगरबीच सम्झौता भएको हो ।

काठमाडौं महानगरले अन्य क्षेत्रभन्दा पर्यटन प्रवर्द्धन तथा संस्कृति सरक्षणमा लगानी गर्ने चासो देखाएपछि आन्तरिक तथा बाह्य पर्यटक आर्कषणका लागि कर्णालीकै नमुना पार्क बनाउने लक्ष्यका साथ काम अघि बढेको सेजुवालको भनाई छ ।

पहिलो चरणमा महानगरले चन्दननाथलाई डेढ करोड सहयोग गर्ने भनेपछि पार्क निर्माणमा लगानी गरिएको हो । डेढ करोड लागतमा निर्माण हुने उक्त पार्कमा खस संस्कृति झल्किने सम्पदासहित जुम्लाका ऐतिहासिक, धार्मिक पर्यटनस्थलको प्रवर्द्धनमा टेवा पुग्ने कलात्मक शैलीका पूर्वाधार निर्माण गरिने सम्झौता छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईका अनुसार चालु आर्थिक वर्षबाटै निर्माण शुरु आगामी आर्थिक वर्ष २०७९ को अन्तिम सम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको बताउनुभयो ।

काठमाडौं महानगरले चन्दननाथ नगरपालिकाको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास, पर्यटन विकास, शुशासन तथा पारदर्शिता कायम, अध्यायन, अनुसन्धान भम्रण, अनुभव आदानप्रदान, पर्यावरणको संरक्षण, लगायत क्षेत्रमा काम गर्ने गरी १० बुँदे सहमतिसहित मितेरी सम्बन्ध कायम गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button