तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा १५ कट्ठामा लगाइएको गाँजा नष्ट

बारा । सशस्त्र प्रहरी कार्यालय बाराले १५ कट्ठामा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ ।

निजगढ नगरपालिका वडा नं.१२ रामथलीस्थित बोहोरा डाँडामा पाँच कट्ठा र हरिडाँडामा १० कट्ठा जग्गामा लगाइएको गाँजा नष्ट गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सञ्जीव पाण्डेले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस रत्नपुरी लालबाट सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर क्षेत्रीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त गाँजा नष्ट गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button