कपिलवस्तुमा नेपाल भारत मैत्री कप क्रिकेट प्रतियोगिता सुरु

कपिलवस्तु । कपिलवस्तुमा नेपाल भारत मैत्री कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा शनिवारबाट सुरु भएको प्रतियोगिता युवा अमन सामाजिक विकास केन्द्रको आयोजनामा सुरु भएको हो ।
प्रतियोगितामा नेपाल भारत गरी कुल २४ वटा समूहको सहभागिता रहेको आयोजक युवा अमन सामाजिक विकास केन्द्रका अध्यक्ष बदरे आलमले जानकारी दिनुभयो ।
कपको पहिलो दिन भारतको बलरामपुर जिल्ला र नेपालको जय नेपाल क्रिकेट समूह बीच खेल भएको थियो । उक्त खेलमा जय नेपाल क्रिकेट पराजित भएको अध्यक्ष बदरे आलमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्