बँदेल आक्रमणबाट चार जना घाइते

दाङ । दाङको देउखुरीमा बँदेलको आक्रमणबाट चारजना गम्भीर घाइते भएका छन् ।
शनिवार घाँस दाउरा काट्न सामुदायिक वनमा गएका स्थानीयलाई बँदेलले आक्रमण गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरुवा गाउँ निवासी ४० वर्षीय हिरादेवी चौधरी, वडा नम्बर २ डोडही निवासी ८ वर्षीय वालक शिरीष गिरी, सोही ठाउँ निवासी ५५ वर्षीय धनिया चौधरी रहनु भएको छ भने अन्य एक जनाको नाम ठेगाना खुल्न सकको छैन
बँदेलले घाइतेको खुट्टामा आक्रमण गरेको छ । घाइते मध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्