तपाईँ सुन्दै हुनुहुन्छः

अविश्वासको प्रस्ताव पेश भए सामना गर्छु : मुख्यमन्त्री गुरुङ

फाइल तस्बिर

गोरखा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताउनुभयो । साविकका माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरिएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button