तपाईँ सुन्दै हुनुहुन्छः

चिया बगान मासिने स्थानीयको चिन्ता

file photo

इलाम । देशकै पहिलो इलामको चिया बगानको उचित संरक्षण नहँुदा बगान नै मासिने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।

संरक्षणको लागि प्रभावकारी व्यवस्था नहँुदा सबै चिया बगान नै मासिने हो की भन्ने चिन्ता स्थानीय किसानहरुले व्यक्त गरेका हुन् ।

विभिन्न स्थानमा चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापनमा स्थानीय निकायहरुको ध्यान जान सकेको छैन ।

विसं २०५७ मा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी साङ्घाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी भाडामा दिएको छ ।

इलाम सदरमुकाममा रहेको चियाबगान मात्र होइन माई नगरपालिका–९ मा रहेको बगान क्षेत्र पनि मासिँदै गएको छ ।

इलाम नगरपालिकाको पहिलो नगरसभाले इलाम चिया बगान स्थानीय सरकार मातहत ल्याउन पहल गर्ने निर्णय गरिसकेको छ भने माई नगरपालिकाले सरकारी स्वामित्वका सोक्तिम र चिलिमकोट चिया बगान सरकारलाई फिर्ता गराउनुपर्ने निर्णय चौथो नगरसभाबाट गरेको छ ।

सूर्योदयका नगर प्रमुख रणबहादुर राई र माई नगरपालिकाका प्रमुख दीपक थेबेले देशकै इतिहासका रूपमा रहेको चिया बगान निजी क्षेत्रबाट सरकारको मातहतमा नल्याए देशकै इतिहास मेटिने बताउनुभयो ।

बगान सञ्चालनको मजदूर आन्दोलन, घट्दो श्रमिक जस्ता कारणले पनि कतिपय बगानलाई चाहेर पनि पुरानो अवस्थामा पुुर्याउन नसकिएको तथा बगानभित्र बाटो र संरचना बनाउँदा उत्पादन घटेको साङ्घाई ग्रुुपका सुवास साङ्घाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button