डेब्यु खेलमै लामिछानेले लिए २ विकेट
काठमाडौं । विग बास लिग क्रिकेटमा होर्वट हुरिकेन्सबाट डेब्यु गरेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले डेब्यु खेलमै २ विकेट लिएका छन् ।
शनिबार भएको खेलमा चार ओभर बलिङ गरेका सन्दीपले ३८ रन खर्चिएर २ विकेट लिएका हुन ।
सन्दीपको सुखद डेब्युसंगै उनको टिम होर्बटले मेलबर्न स्र्टासलाई २१ रनले हराएको छ ।
मेलबर्नबाट पहिले ब्याटिङको निम्तो पाएको सन्दीपको टिम होर्बटले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।
१ सय ६५ रनको लक्ष्य पाएर जवाफी व्याटिङ गरको मेलबर्न निर्धारित ओभरमा ९ विकेट गुमाउदैं १ सय ४३ रनमा समेटियो ।
मेलबर्नका ग्लेन म्यासवेलले ७० रन अन्य ब्याट्सम्यानको खराब प्रर्दशनका कारण जितका लागि पर्याप्त हुन सकेन ।
होर्बटका लागि डेभिड मालनले सर्वाधिक ७५ रन बनाए भने बेन डेरमोटले ३१ रन बनाउँदा कोलिन इंग्रामले २६ रन जोडे ।
मंगलबार सन्दीपको टिम होर्बटले मेलबर्न स्र्टाससंगै प्रतिस्पर्धा गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्