उपाधिका लागि प्रदेश १ र एपीएफबीच प्रतिस्पर्धा हुने
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधिका लागि आइतबार प्रदेश नम्बर १ र विभागीय टोली एपीएफ प्रतिस्पर्धा गर्ने भएका छन् ।
लुम्बिनी प्रदेशस्थित दाङको लमहीमा शनिबार भएको सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले उपाधिका लागि एपीएफसँगको उपाधि भेट पक्का गरेको हो ।
लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
प्रदेश १ को लागि रुबिना क्षेत्री २६ र काजल श्रेष्ठ २२ रनमा अविजित रहिन् ।
पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो । उसका लागि नितु भण्डारीले सर्वाधिक २१ रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन ।
पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्