तपाईँ सुन्दै हुनुहुन्छः

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक) को मृत्यु भएको छ ।

पाटन—पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

बा २ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेशिन अनलोड गर्ने क्रममा एक्कासी स्काइभेटर पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button