तपाईँ सुन्दै हुनुहुन्छः

९७ दशमलव १ प्रतिशत सङ्क्रमणमुक्त, ४ सय १९ जना सङ्क्रमित थपिए

काठमाडौँ । कोरोना भाइरसका कुल सङ्क्रमित मध्ये ९७ दशमलव १ प्रतिशत सङ्क्रमित निको भएका छन् ।

हालसम्म ६५ दशमलव १ प्रतिशत पुरुष र ३४ दशमलव ९ प्रतिशत महिला सङ्क्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ७ सय ५० सङ्क्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ ।

आज थप ४ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर ५ हजार पिसिआर परीक्षण गर्दा २ सय ४५ पुरुष १ सय ७४ महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।

५ हजार ७ सय ११ सक्रिय सङ्क्रमित मध्ये २ हजार २ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण देखिएका २ सय १८ जनाको आइसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ७० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button