अछाममा छाउगोठ भत्काउन वडाहरु सक्रिय बन्दै
अछाम । अछाममा यतिबेला छाउगोठ भत्काउने अभियानको दोस्रो चरण जारी छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख जिल्ला अधिकारी गाउँगाउँमा पुगेर सचेतनासंगै छाउगोठ भत्काउन लागिरहनु भएको छ भने वडाहरु पनि यो कार्यमा सक्रिय बनिरहेका छन् । दोस्रो चरण अन्तर्गत अछाममा हालसम्म २ सय ५० बढी छाउगोठ भत्काई सकिएको छ ।
यसैवीच अछामको पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा चलेको दोस्रो चरणको छाउगोठ भत्काउने अभियान अन्तर्गत १२ वटा छाउगोठ भत्काईएको छ।
आज साबिकको वडा नम्बर ७ स्थित नन्दकला बुढाले निर्माण गरेको छाउगोठ भत्काइएको वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष उजिर सिंह रोकायले जानकारी दिनुभयो ।
छाउगोठ भत्काउने अभियानको दोस्रो चरण पौष ११ गते देखि सन्चालन गरिएको थियो ।
यदि कोहि कसैले फेरि पनि नयाँ छाउगोठ निर्माण गरे वा भत्काइएका छाउगोठ पुनः मर्मत गरि छाउगोठमा बसेको पाइए कानुनी कार्बाही गरिने कार्यबाहक वडा अध्यक्ष रोकायले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्