तपाईँ सुन्दै हुनुहुन्छः

परोपकारी कार्यमा सहयोग गरेर चौरासी मनाउँदै थापा दम्पती

तनहुँ । आफन्तको भिडभाड, विभिन्न पुजा आरधना तथा भोजभतेर गरेर बृद्धा अवस्थामा चौरासी गर्ने परम्परालाई तोड्दै तनहुँको भिमाद नगरपालिका ८ का एक दम्पतीले परोकारी कार्यमा सहयोग गरेर चौरासी मनाउने निर्णय गरेका छन् ।

भिमाद नगरपालिका ८ का ८५ वर्षीय रनबल थापा र पत्नी रुमा थापाले गाउँको विद्यालय र जेष्ठ नागरिक मिलन केन्द्र निर्माणमा सहयोग गर्ने निर्णय गर्नुभएको हो । सामाजिक कार्य गरे मात्र पुण्य मिल्ने भन्दै थापा दम्पतीले यस्तो निर्णय लिनुभएको उहाँका छोरा क्याप्टेन मोहनबहादुर थापाले जानकारी दिनुभयो ।

यस्ता कार्यक्रमले सामाजिक सेवा गर्नुपर्छ भन्ने भावनाको विकास अन्य मानिसमा पनि हुने थापा परिवारको विश्वास छ ।

आगामी बुधबार चौरासी वर्ष पार गरेको खुशीयालीमा थापा दम्पतीले विद्यालयको विकासका लागि आर्थिक सहयोग गर्ने कार्यक्रम तय गरेका छन् । सोही अवसरमा भागर युवा क्लबले निर्माण गर्दै गरेको जेष्ठ नागरिक मिलन केन्द्रका लागि पनि सहयोग गर्ने उनीहरुको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button