निजामती सेवा दिवसमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न
जनकपुरधाम । निजामती सेवा दिवसको उपलक्ष्यमा अधिकृत संगम धनुषाले शनिबार जनकपुरधाममा डब्बल समूहको व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगितामा धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेत तथा प्रहरी नायब निरीक्षक यम कुमार रमौलीको जोडीले प्रथम स्थान प्राप्त गरेको छ ।
जिल्ला न्यायाधीश केशव घिमिरे र सवैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलवीर ठाकुरको जोडीले द्वितीय स्थान तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका राकेश कुमार चौधरी तथा दिपेश चौधरीको जोडीले तृतीय स्थान पाएका छन् ।
जनकपुर भन्सार कार्यालयका दिपेन्द्र लाभ तथा लेखापाल नेत्र लुङ्गेलीको जोडीले सान्तवना पुरस्कार प्राप्त गर्यो
कोरोना महामारीका कारणले ढिलो गरी भएको उक्त प्रतियोगिताको उद्घाटन प्रदेश नंं २ का प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले गर्नुभएको थियो ।
अधिकृत संगम धनुषाका अध्यक्ष दानीकान्त झाको अध्यक्षतामा भएको प्रतियोगितामा कूल १५ वटा समूह सहभागी थिए ।








प्रतिक्रिया राख्नुहोस्