तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री रोजगार कार्यक्रम : पर्सामा २५ सय ३९ जनाले रोजगार पाउँदै

बीरगंज । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि यो वर्ष पर्सा जिल्लामा १३ करोड १५ लाख ८० हजार रुपैया अनुदान प्राप्त भएको छ ।

नेपाल सरकारको पुस ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आर्थिक वर्ष २०७७÷०७८ को लागि पर्सा जिल्लाको १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा १३ करोड, १५ लाख ८० हजार रुपैया अनुदान प्राप्त भएको हो ।

पर्सामा बेरोजगार रहेका २ हजार ५ सय ३९ जनाको नाम रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएपछि सोही आधारमा श्रमिकको ज्याला न्यूनतम पारिश्रमिक पाँच सय १७ रुपैयाँ अनुसार १३ करोड, १५ लाख ८० हजार रुपैया अनुदान उपलब्ध गराइएको हो ।

गत मंसिर १५ गतेसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस)मा बेरोजगार व्यक्तिको विवरण प्रविष्ट गरेको आधारमा अनुदान प्रदान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कुन स्थानीय तहमा कति बेरोजगार छन्, त्यही अनुसार अनुदान बाँडिएको मन्त्रालयले जनाएको छ ।

सशर्त अनुदानको रुपमा प्राप्त रकम श्रमिकको ज्यालामा मात्रै खर्च गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत श्रम मन्त्रालयले पालिकालाई निर्देशन दिएको छ । श्रमिकको ज्याला न्यूनतम पारिश्रमिक पाँच सय १७ रुपैयाँ तोकिएको छ ।

यस्तै इएमआइएसमा सूचीकृत बेरोजगारलाई लाभग्राही परिचय पत्र जारी गरेर मात्रै काममा खटाउन समेत मन्त्रालयले पालिकालाई निर्देशन दिएको छ ।

पर्सा जिल्लाका १४ पालिका मध्ये वीरगंज महानगरपालिकालाई ६२ लाख ७८ हजार प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि अनुदान प्रदान भएको छ भने १४ वटा पालिका मध्ये सबै भन्दाबढी रकम पोखरीया नगरपालिकालाई २ करोड २७ लाख १९ हजार रकम प्राप्त भएको छ ।

त्यसैगरी अर्को धेरै रकम विन्दवासिनी गाउँपालिकालाई १ करोड ७९ लाख ६२ हजार अनुदान प्राप्त भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सशर्त अनुदान रकम बाँडफाँड सम्बन्धी पत्रमा पर्सागढी नगरपालिकालाई ६४ लाख ८५ हजार, बहुदरमाई नगरपालिकालाई ६८ लाख ४७ हजार, छिपहरमाई गाउँपालिकालाई ९५ लाख ८७ हजार, जगरनाथपुर गाउँपालिकालाई ८६ लाख ५ हजार , धोविनी गाउँपालिकालाई ५१ लाख ९२ हजार, पकहामैनपुर गाउँपालिकालाई ९६ लाख ९० हजार, पटेर्वासुगौलीलाई ६७ लाख ४३ हजार, सखुवाप्रसौनीलाई ७५ लाख १९ हजार, ठोरी गाउँपालिकालाई ९१ लाख २२ हजार, कालिकामाई गाउँपालिकालाई ९६ लाख ३९ हजार र जिराभवानी गाउँपालिकालाई ५१ लाख ९२ हजार सशर्त अनुदान प्राप्त भएको छ ।

बीरगंज महानगरपालिकाले रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस)मा बेरोजगार व्यक्तिको विवरण प्रविष्ट गर्दा जम्मा नगर क्षेत्रबाट १ सय २१ जनाको नामावली प्रविष्ट गराएको छ भने सबैभन्दा बढी बेरोजगार भएको भन्दै पोखरीया नगरपालिकामा ४ सय ३९ जनाको नाम रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गराउन सफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button