तपाईँ सुन्दै हुनुहुन्छः

ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताउनुभएको छ । उहाँले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराउनुभयो ।

सरकारले नेपाल र नेपालीको शिर उचो राख्नका लागि कालापानी लिम्पियाधुरा नक्सामा समावेश गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button