तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

भद्रपुर, झापा । झापामा ट्याक्टरको ठक्करबाट शुक्रवार साँझ एक पैदल यात्रीको मृत्यु भएको छ ।

मे १ त ५९८९ नम्बरको ट्याक्टरको ठक्करबाट झापा गाउँपालिका–३ शरणामती निवासी ४० वर्षीया कुमारी बराइलीको मृत्यु भएको हो ।

शरणामतीको भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी कुमारीको उपचारको क्रममा बिर्तामोडको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको  हो ।

ठक्कर दिने ट्याक्टर र चालक दिपक खतिवडालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button