कारको ठक्करबाट पाटे बाघको मृत्यु

बारा । बाराको आधाभार जङ्गल क्षेत्रको सड्क खण्डमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा न १ आधारभार जङ्गल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।
हेटौँडाबाट सर्लाही जाँदै गरेको बा१६च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई आज बिहान ठक्कर दिएको थियो ।
कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्