तपाईँ सुन्दै हुनुहुन्छः

भिमदत्त नगरपालिका विद्यालय आइतबारदेखि खुल्ने

कञ्चनपुर ।  कञ्चनपुरको भिमदत्त नगरपालिका अन्तर्गतका बन्द भएका सबै विद्यालय भोलि आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

नगरपालिकाले पुस ३ गतेदेखि चिसो बढेको भन्दै पठनपाठन गर्नमा रोक लगाएको थियो । नगरपालिकाले एक सूचना जारी गर्दै मौसम सुधार भएको भन्दै विद्यालयहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पुस १९ गतेदेखि विद्यालय सञ्चालन गर्न पाउने जनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button