बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु : जिल्लामा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

नेपालगन्ज । कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ७ का ८८ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा आज बिहान मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि मङ्सिर ३० गते उनको भेरीमा स्वाब सङ्कलन गरिएको थियो । त्यसै दिन उनलाई भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।
रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दागर्दै बिरामीको बिहान ३ः२० बजे मृत्यु भएको वलीले बताउनुभयो । यो सँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्