कञ्चनरुप नगरपालिकाद्वारा ट्राफिक प्रहरीलाई पाँच थान डमी हस्तान्तरण

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरलाई डमी हस्तान्तरण गरेको छ ।
डमी हस्तान्तरण गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नगरभित्र दुर्घटनालाई न्यूनीकरण गर्न मनोवैज्ञानिक प्रभाव परोस् भनेर नगरपालिकाले सहयोग गरी पाँच थान ट्राफिक डमी हस्तान्तरण गरिएको जानकारी गराउनुभयो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले ट्राफिक प्रहरीको जनशक्ति कम रहेको अवस्थामा ट्राफिक डमीले दुर्घटना न्यूनीकरण गर्न ठुलो टेवा पुग्ने बताउनुभयो ।
ट्राफिक प्रहरी नायव निरीक्षक (सई) सिताराम दराईले नगरपालिकाको रुपनगर चौक, बरमझिया चौक, बेरियार, कञ्चनपुर बजार , बलुवा चौकमा ट्राफिक डमी राखिने र ७ वटा ट्राफिक डमी अझै अपुग हुने जानकारी गराउँदै एक थान ट्राफिक डमी १८ हजार मूल्य परेको र ५ थानको भ्याटसहित एक लाख एक हजार सात सय रुपैयाँ परेको जानकारी गराउनु भयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले ट्राफिक डमी राखिएको ठाउँमा नगरपालिकाले चाँडै सिसी क्यामेरा समेत जडान गर्ने तयारीमा गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्