तपाईँ सुन्दै हुनुहुन्छः

प्रचण्डलाई मुख्यमन्त्री पोखरेलको चुनौती : ‘वैशाखमा हुने निर्वाचन जितेर प्रधानमन्त्री भएर देखाउनुहोस्’

File Photo

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई वैशाखमा हुने निर्वाचनमा जितेर प्रधानमन्त्री हुन चुनौती दिनु भएको छ ।

शुक्रवार दाङको तुलसीपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहनु भएका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीका लागि मरिहत्ते गरिरहेका प्रचण्डलाई केपी शर्मा ओलीले तीन वर्षमै प्रधानमन्त्री बन्ने अवसर दिएको हुँदा निर्वाचन जितेर प्रधानमन्त्री बन्ने आँट देखाउन चुनौती दिनु भएको हो ।

‘१५ वर्ष महासचिव भएका माधवकुमार नेपाललाई चुनाव हार्दा यो पीडा र छटपटी भएको छ,’ पोखरेलले भन्नु भयो ‘पुष्पकमल दाहालको त कुरै नगरौँ, यहाँ भएका कतिपय नजन्मिँदै उहाँ महासचिव भइसक्नुभएको थियो। ४५ सालमा महामन्त्री भएको उहाँलाई अहिले पनि प्रमुख नेता चाहिएकै छ।’

उहाँले प्रचण्ड ३२ वर्षसम्म पार्टी प्रमुख भएको भन्दै उहाँमा अझै त्यो लालसा कायमै रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button