तपाईँ सुन्दै हुनुहुन्छः

१४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

तनहुँ । तनहुँको शुक्लागण्डकी, भिमाद र म्याग्दे गाउँपालिकाका १४ विद्यार्थीलाई सिर्जनशील बाल विकास कार्यक्रमले छात्रवृत्ति प्रदान गरेको छ ।

विपन्न परिवारका विद्यार्थीहरुको शैक्षिक वातावरण सिर्जना गर्न सिर्जनशील बाल विकास र नगदसहित विद्यालय पोसाक र स्टेशनरी सामाग्री प्रदान गरेको हो ।

शुक्लागण्डकी नगरपालिका ७ शान्तिनगरमा रहेको शुक्ला आधारभूत विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको थियो ।

बाल विकास कार्यक्रमका सस्थापक एवं निर्देशक शंकर पन्तले परिवारका कमजोर आर्थिक अवस्थाकै कारण बालबालिकाहरु शिक्षा लिनबाट वञ्चित नहुन् भन्ने उदेश्यले छात्रावृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

शुक्ला आधारभूत विद्यालयका प्रधानाध्यापक पदमराज गौतमले गैरसरकारी सस्थाहरुले शैक्षिक क्षेत्रको विकासका लागि महत्वपुर्ण योगदान दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । गौतमले समाजमा शैक्षिक उज्यालो छर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिर्जनशील बाल विकासकी व्यवस्थापक विष्णु पन्तले विद्यार्थीहरुलाई सहयोग मात्र नगरी उनीहरुको अविभावकहरुलाई समेत आर्थिक उपार्जनका लागि कार्यक्रमले सहयोग पुर्याएको बताउनुभयो ।

शैक्षिक सामाग्री प्रदान गर्दै कार्यक्रमका फिल्ड सुपरभाइजर नवराज गिरिले सिर्जनशील बालविकास कार्यक्रम अन्तरगत १४ विद्यार्थीका लागि नगद सहित झण्डै ७० हजारको शैक्षिक छात्रावृत्ति प्रदान गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button