तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा एकको मृत्यु, सात जना घाइते

नेपालगन्ज । नेपालगन्जको कारकाँदोमा बसले ट्याक्टरलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्युु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना ५ ख ५७७३ नम्बरको बसले सोही दिशातिर गइरहेको भे १ त ५१३४ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भएर सडक छेउँमै रहेको अटोरिक्सा पसलमा घुसेपछि अटोरिक्सा खरिद गर्न गएका नेपालगन्ज १३ उदयपुरका ३६ वर्षीय विक्रम पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button