सेती नदीको पानकोटमा पक्की पुलको निमार्ण कार्य सुरु

बझाङ । जिल्लाको सदरमुकाम चैनपुर नजिकै सेती नदीको पानकोटमा पक्की पुलको निमार्ण कार्य सुरु भएको छ ।
विगत ६ बर्ष सेती वारी पारी दुई पिलर मात्र निर्माण भएको यो पुलको काम बन्द भएको थियो ।
पक्की पुल निर्माणका लागि पछिल्लो निर्माण कम्पनीले आवश्यक उपकरणसहित सामाग्री निर्माण स्थलमा ल्याएर काम सुरु गरेको छ । पुलको निर्माण कार्य सुरु भएसँगै स्थानीयहरू खुसी भएका छन् ।
२०७२ सालमा ठेक्का भएको पानकोट पुलको निर्माण कम्पनीको ढिलासुस्तीका साथै प्राविधिक समस्या भएको भन्दै पुल निमार्याको कार्य लामो समयदेखि रोकिएको थियो ।
अहिले यस पुलको पुनः ठेक्का भएर एलिट कन्ट्रक्सन प्रा.लिई.ले कामको जिम्मा पाएसँगै ठेकेदारले सामाग्रीसहित कामदारहरू ल्याएर धमाधम काम सुरु गरेको छ ।
यो पुलको डिजाइन अगाडि पायल प्रविधिबाट रहेको हुँदा जग खन्न समस्या भएर कामको ढिलासुस्ती भएको रहेछ कामको जिम्मा पाएका ठेकेदार कम्पनीका प्रतिनिधि कपिल राईले भन्नुभयो, अहिले अर्को डिजाइन भएर स्टिल ब्रिज बनाउनु पर्ने भएपछि काम अगाडि बढाएका छौँ ।
ठेकेदार कम्पनीले अहिले पुल निर्माण स्थलमा पुलका लागि आवश्यक पर्ने समाग्रीहरु ढुवानी गरिरहेको छ भने अबको दुई तीन महिना भित्रै पुल सम्पन्न गर्ने लक्ष्य लिएको समेत राईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्